अलमुताइरी बने नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतका अलमुताइरीलाई १ वर्षका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

चैत १८ गते बसेको एन्फाको प्राविधिक कमिटीका् प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्ने एन्फाले बनाएको छ।

एएफसीले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम बनाएपछि एन्फाले बालगोपाल महर्जनको स्थानमाअलमुताइरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

अब उनले विश्वकप छनौटमा नेपालले खेल्न बाँकी रहेको ३ खेल र साफ च्याम्पियनसिपमा नेपाली टिम हेर्ने छन् । कतार फुटबल एसोसियसनको सहयोगमा अलमुताइरी गत चैत ६ गते नेपाल आएका थिए ।

एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अलमुताइरीले यो आफ्ना लागि ठूलो चुनौती भएको बताए । उनले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए ।

अलमुताइरीले कतारको अल शाहनी फुटबल क्लब यू–२३ र किर्गिस्तान यू(१७ टिमसँग काम गरिसकेका छन् । साउदी अरेबिया र कुवेतको क्लबमाान उनले प्रशिक्षणको भूमिका निर्वाह गरिसकेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.