नेपाल फर्किँदै अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल फर्कँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता नवीकरण गरेपछि अलमुताइरी आज नेपाल फर्कन लागेका हुन्।

शनिबार साँझ ७ः३० बजे नेपाल आइपुग्ने अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनकारी गराएका छन्।

दुई साताअघि माल्दिभ्समा भएको साफ च्याम्पिन्सफमा नेपाललाई पहिलो पटक फाइनल पु¥याउँदै उपविजेता बताएपछि अलमुताइरी नेपाल नफर्कने भन्दै उतैबाट कतार लागेका थिए। उनलाई नेपाल फर्कानउ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा कतार नै पुगेका थिए।

अलमुताइरीले फेसबुकमार्फत नै एन्फासँग ३ वर्षको सम्झौता भएको र चाँडै नेपाल फर्कने बताएका थिए । तर, अलमुताइरीले एन्फासँग साफ च्याम्पियन्ससिप अघि नै एक वर्षको सम्झौता गरिकसकेको र कतारमा एन्फा अध्यक्षसँग २ वर्षको सम्झौता गरेका थिए।

Facebook Comments Box