अलमुताइरी नेपाल फर्कने

Read Time:2 Minute

साफ च्याम्पियनसिप लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमबाट राजिनामा दिएका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कने भएका छन्। उनले एन्फासँगको सम्झौता सकिएको भन्दै भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका थिए ।

फाइनल सकिए लगत्तै अलमुताइरी कतार लागेका थिए । अलमुताइरीले बुधबार मात्र फिफाले आयोजना गरेको फ्युचर अफ फुटबल भिडियो कन्फरेन्समा नेपालकै प्रतिनिधित्व गरेकाले उनी नेपाल आउने पक्का भएको हो । सो भर्चुअल कार्यक्रममा उनी नेपाली पुरुष राष्ट्रिय टिमका प्रशिक्षकहरु सहभागी थिए।

कतार फुटबल संघकाे सहयाेगमा नेपाल अ एका अलमुताइरी र संघसँग कुरा गर्न एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा माल्दिभ्सबाटै कतार पुगेका थिए । उनले बुधबार नै अलमुताइरीसँग छलफल गरेका थिए । र, फेसबुकमा अलमुताइरीसँगको फोटो पोस्ट गर्दै क्याप्सनमा लेखेका थिए, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल ।’

एन्फाले गत चैतमा एक वर्षका लागि अलमुताइरीसँग सम्झौता गरेको थियो । त्यस अनुसार उनीसँगको सम्झौता २०२२ मार्च सम्म रहन्छ। एन्फा महासचिव इन्द्रमान तुलाधरले पनि अलमुताइरीको सम्झौता अझै बाँकी रहेको र उनी भ्याकेसनमा भएको बताएका छन्। साफ च्याम्पियनसिपकै दौरान अलमुताइरीले इमेलमार्फत राजीनामा भने पठाएको तुलाधारले खुलासा गरेका छन् ।

नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएर उनले इतिहास रचिसकेका छन् । उनको चर्चा सबैतिर छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post च्याम्पियन्स लिग : लुकाकु र वेर्नर घाइते भएको खेलमा चेल्सी विजयी, युभेन्टसको जितमा कुलुसेस्कीको गोल
Next post साफ च्याम्पियनसिपकाे उपविजेता नेपाली टिमको फिफा वरियता खस्कियो
Close