
प्रिम्याच कन्फ्रेन्समा किन आएनन् अलमुताइरी ?
नेपाली राष्ट्रिय फुटबल टिमले माघ १५ र १८ गते अफ्रिकी मुलुक मोरिसससँग २ मैत्रीपूर्ण खेल खेल्दैछ। खेलको पूर्वसन्ध्यामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रिम्याच कन्फ्रेन्सको आयोजना गर्यो ।
प्रिम्याच र पोस्ट म्याच कन्फ्रेन्समा प्रत्येक टिमका कप्तान र प्रशिक्षक उपस्थित हुनेगर्छन् । सोही अनुसार नेपाली टिमका कप्तान किरण चेम्जोङ मञ्चमा उपस्थित भए, तर मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने देखिएनन् । उनको स्थानमा स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठ मञ्चमा उपस्थित थिए।
बन्द प्रशिक्षणमा नियमित देखिने अलमुलताइरी प्रिम्याच कन्फ्रेन्समा किन आएनन् ? चासो कार्यक्रममा उपस्थित सबैमा थियो।
जब साहयक प्रशिक्षक किरण श्रेष्ठको बोल्ने पालो आयो, पत्रकार प्रश्न गरिहाले– मुख्य प्रशिक्ष्ँक अलमुताइरी किन आएनन् ?
‘सायद उहाँ थाक्नु भएको होला’, श्रेष्ठले जावाफ दिए । र, उनले आफूलाई उपस्थित भइदिन भनेकाले आफू आएको पनि बताए ।
श्रेष्ठको जवाफले पनि अलमुताइरी प्रिम्याच कन्फ्रेन्स उपस्थित नहुनुको ‘खास कारण’ खुलाउन सकेन। सायद यो विषयमा उनी अनभिज्ञ थिए या उनले बताउन चाहेनन्, त्याे उनै जानुन्।
अलमुताइरी प्रिम्याच कन्फ्रेन्समा उपस्थित नहुनुको खास कारण एन्फालाई थाहा होला या उनी आफैंलाई !