प्रशिक्षक अलमुताइरी भन्छन्– कुवेतको मौसममा खेल्न गाह्रो छ, तर लक्ष्य जित नै हो

नेपाली राष्ट्रिय टिममा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी कुवेतको गर्मी मौसमा खेल्न निकै गाह्रो हुने बताएका छन् । विश्वपक र एसिया कप छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्धको खेलअघिको प्रिम्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक अलमुताइरीले कुवेतको गर्मी मौसममा खेल्न गाह्रो भए पनि आफूहरुको लक्ष्य जित निकै भएको बताएका छन् ।

नेपालले कुवृतस्थित जावेद अल अहमद इन्टरनेशल स्टेडियममा बिहीबार चाइनिज ताइपेइको सामाना गर्दै छ। खेल नेपाली समय अनुसार ९ः४५ बजे हुने छ।

विश्वकप छनोटको अघिल्लो चरण पुग्ने नेपालको सम्भावना लगभग सकिए पनि एसिया कप छनोटको सम्भावना बाँकी रहेकाले नेपालको लागि यो खेल निकै मत्वपूर्ण छ ।

‘हाम्रो लक्ष्य जित नै हो, तर ४५ डिग्रीमाथि गर्मीमा खेल्ने निकै कठीन छ । दुवै टिमलाई यसले सताएको छ,’ प्रशिक्षक अलमुताइरीले भने, ‘हामी तालिकाको चौथो स्थानमा रहेर एसियन कपमा छनोटको आशा जिवित राख्न चाहन्छौं । त्यसैले ताइपेइविरुछ हामी जित्नैका लागि खेल्ने छौं ।’

प्रशिक्षक अलमुताइरीले छनोटअघि पर्याप्त मैत्रीपूर्ण खेल खेल्न नपाएको गुनासो गरे । उनले आफूहरुसँग प्रतिवाभान युवा टिम रहेकाले जित सम्भव रहेको बताए । नेपालले पहिलो भेटमा ताइपेइलाई २–०ले हराएको थियो।

छनोछको समूह ‘बी’ मा ४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा छ भने ताइपेइ अंकबिहीन छ।

विश्वकप छनोट खेल्ने नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार।

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास।

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुनिल बल, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान, सुमन लामा ।

स्ट्राइकर : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा।

Facebook Comments Box