अल्मुताइरीले एन्फालाई पठाए पत्र

Read Time:1 मिनेट

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जवाफी पत्र पठाएका छन्। एन्फा महासचिव किरण राईका अनुसार मुख्य प्रशिक्षक अल्मुताइरीले बिहीबार इमेलमार्फत् जवाफी पत्र पठाएका हुन्।

तर, मुख्य प्रशिक्षक अल्मुताइरीले पठाएको पत्रमा के उल्लेख छ भन्ने खुलेको छैन। उनले पत्र अध्ययन गरेर सर्वाजनिक गर्ने बताएका छन्।

एन्फाले गत साउन अन्तिम साता छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा जवाफ माग्दै हाल छुट्टीमा रहेका मुख्य प्रशिक्षक अल्मुताइरीलाई पत्र पठाएको थियो।

गत वैशाख १३ गते राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दसहित १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए। उक्त विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्टमा मुख्य प्रशिक्षकसमेत दोषी पाइएको भन्दै कतार फुटबल संघसँग सहकार्य गरेर उनको विकल्प खोज्न सुझाव दिइएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो
Next post युनाइटेड जाँदै कासिमिरो
Close