वरियता सुधार्न पनि थाइल्यान्यविरुद्धको खेल महत्वपूर्ण छ : अल्मुताइरी

Read Time:2 Minute

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डविरुद्धको खेल निकै महत्वपूर्ण भएको बताएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको खेलाडी विदाइ कार्यक्रममा बोल्दै अल्मुताइरीले मैत्रीपूर्ण खेल फिफा वरीयता सुधार र एएफसी एसियन कप छनोटका लागि महत्वपूर्ण हुने बताए।

नेपालले आसियाना क्षेत्रकै देशहरुसँग एसियन कप छनोट खेल्ने भएकाले पनि थाइल्यान्डविरुद्धको नेपालका लागि महत्वपूर्ण हुने अल्मुताइरीको धारणा थियो । ‘थाइल्यान्डसँगको खेल महत्वपूर्ण हुनेछ किनकि थाइल्यान्ड त्यही क्षेत्रको देश हो, जहाँ इन्डोनेसिया पर्छ र उनीहरु जोर्डन र कुवेतको वरीयतामा रहेका छन्’, अल्मुताइरीले भने।

उनले जित या बराबरीले नेपालको वरीयतामा सुधारमा मद्दत पुग्ने बताए । विश्वकप छनोट खेलको प्रदर्शनले हाम्रो वरीयता सुधारिएको उल्लेख गर्दै अल्मुताइरीले थाइल्यान्डविरुद्धको खेलले वरीयतामा अंक थप्न मद्दत पुग्ने उल्लेख गरे।

प्रशिक्षक अल्मुताइरीले थाइल्यान्डविरुद्ध युवा खेलाडीलाई प्राथमिकता दिने बताए । हार–जितभन्दा पनि खेलाडीले हृदयबाट खेल्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले राष्ट्रिय टिम बनाउन युवा खेलाडी प्रयोग गर्ने बताए । पछिल्लो समय राम्रो फुटबल खेलिरहेकाले उनले थाइल्यान्डविरुद्ध जित निकाल्न सकिने विश्वास व्यक्त गरे।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । नेपालले चैत १० गते थाइल्यान्डसँग खेल्ने छ भने चैत १३ गते थाइल्यान्डकै शीर्ष डिभिजनको क्लब चुनबुरीसँग खेल्नेछ ।

आगामी जुनमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । छनोटमा थाइल्याण्ड, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंकाको समूहमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको बिदाई
Next post चलेनन् नेमार र एम्बाप्पे, मोनाकोसँग पिएसजीको लज्जास्पद हार
Close