
किरण चेम्जोङ भन्छन्– अलमुताइरीले सकारात्मक बाटो हिँडाउनु भयो, उहाँ फर्किए खुसी हुन्छाैं
साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्दै उपविजेता बनेको नेपाली टिम सोमबार स्वदेश फर्किएको छ। नेपाली टिम स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने माल्दिभ्सबाटै कुवेत गएका छन्। नेपाल फाइलन पुगे लगत्तै प्रशिक्षकबाट राजिनामा दिने घोषण गर्दै उनी कुवेत फर्किएका हुन्।
उपविजेता नेपाली टिम स्वदेश फर्किए लगत्तै कप्तान किरण चेम्जोङले अलमुतारी प्रशिक्षका रुपमा पुनः नेपाल फर्किए आफू खुसी हुने बताएका छन् । उनले अलमुताइरीले नेपाली फुटबलमा केही परिवर्तन गरेको र नेपाली फुटबललाई साकारात्मक बाटोमा हिँडाएको बताए।
‘प्रशिक्षकको रुपमा उहाँ राम्रो मान्छे हुनुहुन्छ । छोटो अवधिमा पनि उहाँले नेपाली फुटबलमा केहि परिवर्तन र सकारात्मक बाटोमा लाग्नु भएको जस्तो लाग्छ,’ अलमुताइरीको प्रसंशा गर्दै किरणले भने।
कप्तान किरणले अल्मुताइरी सकारात्मक सोचको व्यक्ति भएको समेत बताए । किरणले अलमुताइरीले जहिले पनि खेलाडीहरूलाई मोटिभेट गर्ने, खेलाडीलाई जहिले पनि बलियो हुनुपर्छ भन्ने सिकाएको बताए ।
एन्फाले उनलाई साफ च्याम्पियनसिपसम्मको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।