श्रीलंकालाई हराएपछि प्रशशिक्षक अलमुताइरी भन्छन्– कस्तो खेल्यौं भन्ने विश्लेषण पछि गरौंला, अहिलेलाई जित महत्वपूर्ण छ

माल्दिभ्समा जारी साफ च्याम्पियनपसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा माल्दिभसलाई हराएको नेपालले सोमबर राति श्रीलंकालाई पहाउँदै प्रतियोगितामा लगातार दुई जित निकालेको छ।

२ खेलमा ६ अंक जोड्दै फाइलन पुग्ने सम्भावनालाई बलियो बनाएपछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अहिले नेपालका लागि जित र ३ अंक मत्वपूर्ण भएका छन्।

‘नेपालले लगातार दोस्रो खेल जितेको छ र अधिकतम छ अंकमा छ अंक नै भएको छ,’ दुई जितपछि निकै खुसी देखिएका अलमुताइरील श्रीलंकाविरद्धको खेलपछिको पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘नेपालका लागि श्रीलंकाविरुद्ध प्राप्त तीन अंक नै ठूलो हो । हामीले के कस्तो खेल्यौं, त्यसको विश्लेषण पछि गरौंला ।’

प्रशिक्षक अल्मुल्ताइरीले थपे दुईखेलमा अधिकतम ६ अंक जोडेपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको बताए । उनले भने, ‘फाइलन पुग्ने हाम्रो सम्भावना बलियो भएको छ, तर यस्तै हो भन्न सकिन्न । अब प्रतियोगिताको म्याच डे थ्रीमा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेश खेल्नेछन् । यो नतिजाले हामी कहाँ जाने छौं, त्यो धेरै अर्थमा प्रष्ट पार्नेछ ।’ उनले तेस्रो चरणमा चरणमा पनि केही आश्चर्यजनक नतिजा आउन सक्ने बताए।

Facebook Comments Box