अभिषेक रिजाल मछिन्द्रबाट खेल्ने

राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजाल मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेल्ने भएका छन्। लिग च्याम्पियन मच्छिन्द्रले ए डिभिजन लिगका साथसाथै राष्ट्रिय लिगलाई समेत मध्यनजर गर्दै अभिषेकलाई अनुबन्ध गरेको हो।

मछिन्द्र र अभिषेकबीच सम्झौतामा औपचारिक सहमति र हस्ताक्षर भइसकेको छ। क्लबका तर्फबाट अध्यक्ष सुनिल कपाली र अभिषेकले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

अभिषेकले पहिले मनाङ मर्रस्याङ्दीबाट घरेलु फुटबल खेल्ने गरेका थिए। पछिल्लो समय भने उनी भारतीय क्लब ऐजवालमा आवद्ध थिए ।

एन्फाले २९ कात्तिकबाट ए डिभिजन लिग आयोजना गर्ने योजना बनाएको छ। तर, राष्ट्रिय लिगको मिति घोषणा गरिएको छैन।

मछिन्द्रले यसअघि अर्का प्रभावशाली फरवार्ड मनिष डाँगीलाई पनि अनुबन्ध गरिसकेको छ।

लगातार दोस्रोपटक पनि लिग जित्ने दाउमा रहेको मछिन्द्रले अघिल्लो सिजनका अधिकांश खेलाडीलाई क्लबमा राख्ने बुझिएको छ। केहि खेलाडीले भने यसअघि नै क्लब छाडिसकेका छन्।

यसअघि मच्छिन्द्रले २०७६ को लिगका लागि पनि अभिषेकलाई अनुबन्ध गरेको थियो। तर, त्यसबेला उनले मछिन्द्रसँगको सम्झौता रद्ध गर्दै माल्दिभ्सको दोस्रो श्रेणीको लिगका लागि जेजे स्पोट्र्समा अनुबन्धित भएका थिए

Facebook Comments Box