अभिषेक रिजाल चम्किँदा मोहम्मडन विजयी

नेपाली फरवार्ड अभिषेक रिजालको दुई गोलको सहयोगमा मोहम्मडन एससीले अहमदवाद ऱ्याकेट एकेडेमीलाई ४-१ ले पन्छाउँदै आइतबार भारतको आई लिग क्वालिफायरमा लगातार दोस्रो जित हात पारेको छ ।

नेपाल यू २३ टिमका अभिषेकले कल्याणी रंगशालामा सम्पन्न खेलमा दुवै गोल पहिलो हाफमा गरेका थिए । विलिस प्लाजाले अग्रता दिलाएपछि अभिषेकले ३५ औं मिनेटमा मोहम्मडनलाई २-० ले अगाडि बढाएका थिए । उनले दोस्रो गोल ४५ औं मिनेटमा गरेपछि मोहम्मडनले ३-० को अग्रता लिएको थियो । एसके फइयाजले अन्त्यतिर टिमको चोथो गोल गर्नुअघि मोहम्मडनले आत्मघाती गोल गर्न पुगेको थियो ।

सागको स्वर्ण विजेता टिमका अर्का सदस्य राजेश परियारले अहमदवादबाट दोस्रो हाफमा सब्स्टिच्युटको रुपमा मैदानमा प्रवशे गर्दै आई लिग क्वालिफायरमा डेब्यू गरेका थिए ।

कोरोना महामारीको कारण आई लिग २ स्थगित भएपछि परिवर्तिन संरचनामा आई लिग क्वालिफायर आयोजना गरिएको हो, जहाँ इन्डियन सुपर लिग (आईएसएल) का रिजर्व टिम र कोभिड १९ को कारण आर्थिक समस्या जनाउँदै लिग त्यागेका तीन क्लब सहभागी छैनन् । राउन्ड रोबिन लिगको आधारमा कोलकाताको दुई रंगशालामा भइरहेको क्वालिफायरको विजेता टिम अर्को सिजनको आई लिगलाई छनोट हुनेछ ।

लगातार दुई जितसहित मोहम्मडन ६ अंकसहित शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा गढवाललाई १—० ले पराजित गरेको थियो । अरु चार क्लबले एकरएक खेलमात्रै खेलेका छन् र यस्तोमा भवानीपुरले ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP