अभिषेकले आजवालबाट आईलिग खेल्ने

Read Time:2 Minute

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अभिषेक रिजालले भारतको शीर्ष डिभिजन फुटबल लिग ‘आईलिग’ खेल्ने भएका छन् । जारी लिगको बाँकी खेलका लागि अभिषेक आइजवालमा आबद्ध भएका हुन् । अब बाँकी सिजनका भने अभिषेकले सन् २०१७ को आइ लिग च्याम्पियन टोली आइजवालबाट खेल्ने भएका हुन् ।

अर्को आईलिग क्लब मोहमेद एफमीमा आबद्ध भएपनि लिगमा खेल्ने मौका नपाएपछि २१ वर्षीय युवा स्ट्राइकर अभिषेक अर्को क्लब आइजवालमा आबद्ध भएका हुन् । अभिषेक ६ महिनाअघि मोहमेदनमा आबद्ध भएका थिए । दोस्रो डिभिजनमा रहेका मोहमेदन प्लेअफमा खेल्दै आईलिगमा बढुवा भएको थियो । प्लेफमा अभिषेक मोहेदनबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।

तर, आइृलिगमा बढुवा भएपछि मोहमेदनले एसियाली कोटमा बंगलादेशका कप्तान जामल बुयानलाई अनुबन्धन गरेपछि अभिषेक आइजवालमा आबद्ध भएका हुन् । आईलिग क्लबले एसियाली कोटामा एक जना खेलाडी मात्र राख्न पाउँछन् । मोहमेदनले अभिषेकलाई कोलकता लिगको टिममा भने राखेको थियो।

अभिषेकलाई आइजवालले मार्च सम्मको लागि अनुबन्ध गरेको अभिषेको सम्झौतामा एजेन्टको रुपमा काम गरेका रविन्द्र चन्दले बताए । ५ खेलमा २ जित, २ बराबरी र १ हारको सामना गरेको उनको टिम आइजवाल तालिकाको पाँचौं स्थानमा छ ।

‘मोहमेदनबाट कोलकता लिग खेल्ने अवसर थियो । तर आइ लिगकै क्लब खोजिरहेको अवस्थामा आइजवालसंग सम्झौता भएको हो,’ चन्दले भने । हाल राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अभिषेक केही दिनपछि भारत प्रस्थान गर्नेछन् ।

अभिषेकसँगै यो सिजन आईलिगमा तीन नेपाली खेलाडी खेलिरहेका छन् । नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ राउन्ड ग्लास एफसीमा आबद्ध छन् मिडफिल्डर प्रकाश बुढाथोकी केही दिनअघि मात्र नेरोका एफसीमा आबद्ध भएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरिकासहित ५ खेलाडीलाई युयुएनटीएफ सम्मान
Next post लिभरपुलमाथि सिटीको सानदार जित
Close