मच्छिन्द्र छाड्दै माल्दिभ्स लागे अभिषेक

नेपाली राष्ट्रिय टिमका युवा स्ट्राइकर अभिषेक रिजालले माल्दिभ्सको लिग खेल्ने भएका छन् । अभिषेकलाई माल्दिभ्सको जेजे स्पोर्टस्मा आबद्ध भएका छन् । जेजे स्पोर्टस् माल्दिभ्सको बि डिभिजन लिग खेलिरहेको क्लब हो ।

काठमाडौंमा जारी सहिद स्मारक एक डिभिजन लिगबीचमै छाड्दै अभिषेक माल्दिभ्स लागेका हुन् । अभिषेक मच्छिन्द्रबाट ८ खेल खेलेका थिए, तर उनी लिगमा गोल गर्न असफल थिए ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कट्वालले अभिषेक बि डिभिजन लिग खेल्न माल्दिभ्स गएको पुष्टी गरेका छन् । उनले आइतबार थ्री स्टारविरुद्धको खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा अभिषेक माल्दिभ्स गएको बताए । उनले टिममा अभिषेकको अभाव खड्किने पनि बताए ।

‘उनी राम्रा खेलाडी हुन् । हामीले लिग जित्ने अभियानसहित उनलाई भित्र्याएका थियौं । उनको अभाव पक्कै खड्किने छ,’ प्रशिक्षक कटुवाले भने, ‘अभिषेकले माल्दिभ्स जान क्लबसँग रिलिज गरिदिन अग्राह गरेका थिए । हामी लामो छलफल पछि उनलाई रिजिल गरेको हौं ।

प्रशिक्षक कटुवाले अभिषेकले माल्दिभ्समा खेल्न चाहेहको र उनलाई रिलिज नगर्दा पनि उनले आफ्नो शतप्रतिशत प्रदर्शन गर्ने अवस्था नभएको क्लबले बाटो फुकुवा गरिदिएको बताए । अभिषेकसँगै अर्का स्टार खेलाडी हेमन गुरुङले पनि मच्छिन्द्र छाडेका छन् । हेमन लिगको दोस्रो चरण सकिएलगत्तै अस्ट्रेलया गएको प्रशिक्षक कटुवालले जानकारी दिए ।

एन्फा एकेडेमीका उत्पादन अभिषेक रिजालले अघिल्लो सिजन पुलिस क्लबबाट खेल्दै ए डिभिजन लिगमा डेब्यू गरेका थिए । लिग सकिएपछि एफसी कप भरिका लागि लिग च्याम्पियन मनाङमा आबद्ध भएका थिए । यो सिजन गोलबिहीन बनेका उनले पुलिसबाट ४ गोल गरेका थिए ।

अभिषेकले गत वर्ष चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेल मार्फत् राष्ट्रिष्ट टिममा डेब्यू गरेका थिए । डेब्यू खेलमै गोल गर्दै उनले आफ्नो प्रभाव छाडेका थिए । त्यसयता उनी राष्ट्रिय टिमका नियमित सदस्य हुन् । १३औं सागमा नेपालले फुटबलमा स्वर्ण दिलाउने क्रममा अभिषेकले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सागमा ३ गोल गरेका थिए ।

जेजे स्पोर्टस्बाट नेपाली यू–२३ टिमका गोलकिपर अपर्ण कार्की पनि खेलिरहेका छन् । अर्पणले अघिल्लो सिजन भुटानी लिग खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP