अभिषेकले बुटबलबाट नेपाल सुपर लिग खेल्ने

राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले बुटबल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग खेल्ने भएका छन् । लिगका दुई चरणका खेल मात्र बाँकी रहेको अवस्थामा बुटबलले अभिषेकलाई अनुबन्ध गरेको हो।

नेपाल सुपर लिगको अक्सन चलिरहेका बेला भारतमा आईलिगमा सहभागी भएकाले उनलाई अक्सनमा सहभगाी गरिएको थियो । उनलाई किरण चेम्जोङ र प्रकाश बुढाथोकीसँगै आइकोनिक खेलाडीका रुपमा राखिएको थियो । तर, उनलाई कुनै टिमले अनुबन्ध गरेनन् ।

विदेशी खेलाडी अर्मान्डा घाइतेपछि उनकै स्थानमा अभिषेकलाई बुटबलले भित्र्याएको हो । अब उनले लिगका दुई खेल खेल्ने छन् ।

विशाल श्रेष्ठ मार्की खेलाडी रहेको बुटवल लुम्बिनीले घाइते अमिर श्रेष्ठको स्थानमा दिपेश आले मगरलाई अनुबन्ध गरेको छ।

लिगका दुई खेल्न बाँकी रहेको वअस्थामा ५ अंकसहित बुटबल चौथो स्थानमा छ। बुटवलले लिगको पाँचौ खेलमा ललितपुर सिटी एफसी र अन्तिम खेलमा धनगढी एफसीसँग खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.