अभिषेकले भारतीय लिग खेल्ने

नेपाली राष्ट्रिय टिमका युवा स्ट्राइक अभिषेक रिजालले भारतमा लिग खेल्ने भएका छन् । अभिषेक भारतको दोस्रो डिभिजन क्लब मोहम्मेदन स्पोर्टिङबाट भारतीय लिग खेल्ने भएका हुन् ।

अभिषेकले मोहम्मेदन स्पोर्टिङ क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् । अभिषेकलाई हम्मेदनले एसियन कोटामा अनुबन्धन गरेको हो । सम्झौतान रकम भने गोप्य राखिएको छ । दुईबीचको सम्झौता अगस्त १८ बाट लागू भएको छ ।

सम्झौता अनुसार मोहम्मेदन आईलिगमा छनोट हुन नसकेको अवस्थामा आइलिग क्लबबाट प्रस्ताव आएमा अभिषेकले मोहम्मेदन छाड्न पाउने छन् । अभिषेकलाई अनुबन्धन गरेको भारतको दोस्रो डिभिजनको क्लब मोहम्मदेन एससीको ६ खेलबाट १२ अंक रहेको छ । मोहम्मदेन एससीले कोलकत्ता लिग समेत खेल्नेछ ।

अभिषेकलाइृ रोविन चन्दले भारतीय क्लबमा आबद्ध गराएका हुन् । रोविन रोहित चन्दाका दाजु तथा उनका एजेन्ट पनि हुन् । अभिषेक बुधबार नै भारत प्रस्थान गरेका छन् ।

गत वर्ष मछिन्द्रबाट ए डिभिजन लिग खेलेका अभिषेक अन्तिम समयमा माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्न गएका थिए । उनले मनाङ मर्स्याङ्दी क्लबबाट एएफसी कप खेलेका थिए । भारतीय मिनेर्वा पञ्जाबविरुद्ध गोल गरेसँगै उनलाई भारतीय क्लबले नजर लगाउन थालेका हुन् । एएफसी कपमा गोल गर्ने अभिषेक पहिलो खेलाडी समेत हुन् ।

मलेसियाविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका अभिषेकले एक गोल समेत गरेका छन् । उनले मैत्रीपुर्ण खेलमा चाईजिन ताईपेविरुद्ध गोल गरेका थिए। १३औं सागमा नेपाललाई स्वर्ण दिलाउने उनको भूमिख्य मुख्य थियो । उनले प्रतियोगितामा ४ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP