एट्लेटिकोलाई हराउँदै एसी मिलानको नकआउट सम्भावना कायमै, दबाबमा एट्लेटिको

Read Time:2 Minute

एट्लेटिको म्याड्रिडलाई हराउँदै इटालियन क्लब एसी मिलानले युइएफए च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ। समूह बीको खेलमा मिलानले एट्लेटिको म्याड्रिडलाई उसकै मैदानमा १–० ले हराएको हो।

समूह बीमाबाट लिभरपुल नकआउट चरणमा पुगिसेकेका छ भने पोर्टो, एसी मिलान र एट्लेटिकोमध्ये १ टिम नकआउट चरण पुग्ने छन्। तीन वटै टिमको नकआउट चरण पुग्ने सम्भावना छ। यीमध्ये लिगको अन्तिम खेलमा एसी मिलानले लिभरपुलेका सामना गर्ने छ भने एट्लेटिको र पोर्टे भिड्ने छन्।

नकआउट पुग्न एसी मिलानले लिभरपुललाई हराउनै पर्ने छ, र एट्लेटिको र पोर्टोबीचको खेल कम्तिमा बाराबरी या एट्लेटिको जितको आशा गर्नुपर्ने छ । यदि पोर्टोले एट्लेटिकोलाई हराए उ नै समूह बीका नकआउट चरण पुग्ने छ। यदि दुवै खेल बराबरी सकिए पनि पोर्टो नै नकआउट चरण पुग्ने छ । एट्लेटिको नकआउट चरण पुग्न पोर्टेलाई हराउनु पर्ने छ भने अर्को खेलमा एसी मिलान बराबरीमा रोकिनु पर्ने छ।

बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको अन्तिम ३ मिनेट बाँकी रहँदा एसी मिलानले गोल गर्दै महत्वपूर्ण जित हात पार्‍यो।मिलानको जितमा वैकल्पिक खेलाडी जुनियर मेसिएसले खेलको ८७औं मिनेटमा निर्णायक गोल गरे।

जितपछि मिलान ५ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। पराजित एट्लेटिकोको पनि ४ अंक नै रहे पनि गोल अन्तरमा चौथोमा छ। समूहमा पोर्टो ५ अंकसहित दोस्रो स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पिएजसीलाई हराउँदै सिटी नकआउट चरणमा, लिभरपुलको लगातार पाँचौं जित
Next post टी–२० महिला विश्वकप छनाेटमा नेपाली महिला टिमको सानदार जित, कुवेत ९ विकेटले पराजित
Close