यो सिजनको सेमिफाइनलिस्ट एसी मिलानले अर्को सिजन पनि च्याम्पियन्स लिग खेल्ने भएको छ। आइतबार राति भएको खेलमा युभेन्ट्सलाई १–०ले हराउँदै एसी मिलानले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो।
लिगको १ खेल मात्र बाँकी रहँदा उसले सिरि एमा चौथो स्थान सुरक्षित गरेको हो। युभेन्ट्सविरुद्ध मिलानलाई जित दिलाउन ओलिभर जिरुडले ४०औं मिनेटमा गोल गरे।
३७ खेलमा मिलानको ६७ अंक भएको र उ चौथो स्थानमा छ। यता, कारबाहीमा परेर १५ अंक कटौतीमा परेको युभेन्ट्स भने ५९अंकसहित सातौं स्थानमा छ।
एसी मिलानसँगै लिग च्याम्पियन नापोली, इन्टर मिलान र लाजियोले पनि च्याम्पियन्स लिगमा स्थान बनाएका छन्। यदि इन्टर मिलानले च्याम्पिन्यस लिग उपाधि जिते एट्लान्टा, रोमा र युभेन्ट्समध्ये १ले पनि च्याम्पियन्स लिग खेल्ने मौका पाउने छन्।