चेल्सीका डिफेन्डर एसी मिलानमा

इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब चेल्सीका युवा डिफेन्डर फिकायो टोमोरीलाई अनुबन्धन गरेको छ। उसले २३ वर्षीय टोमोरीलाई ३० मिलियन युरोमा चेल्सीबाट अनुबन्धन गरेको हो।

अघिल्लो सिजन लोनमा एसी मिलानबाटै खेलेका टोमोरीले उत्कृष्ट प्रदर्शन गरेपछि मिलानले उनलाई स्थायी अनुबन्धन गरेको हो। गत सिजन उनले मिलानबाट २२ खेल खेल्दै १ गोल गरेका थिए।

टोमोरीले एसी मिलानसँग ४ वर्षको सम्झौतान गरेको छन् । अब उनी सन् २०२५ सम्म सानसिरोमा रहने छन्। उनी चेल्सीकै एकेडेमीका उत्पादन हुन्।

सन् २०१६ मै चेल्सीको सिनियर टिममा डेब्यू गरेका टोमोरीले २७ खेलमात्र खेल्ने अवसर पाएका छन् । त्यहीबिच उनले लोनमा च्याम्पियनसिप क्लब ब्राइटन, हल सिटी र डर्बी काउन्टीबाट पनि खेलेका छन्।

Facebook Comments Box