एसी मिलानले अनुबन्धन गर्‍यो लिलेका किपर

इटालियन क्लब एसी मिलानले फ्रेन्च लिग वान च्याम्पियन लिलेक किपर माइक माइगेनलाई अनुबन्ध गरेको छ। युरापक खेल्ने फ्रान्सको टिममा समेका रहेका गोलकिपर माइगेन युरोकपपछि मिलान आउने छन्।

एसी मिलानमा माइगेनले जिआनलुइजी डोनारुमाको स्थान लिने छन् । मिलानको कप्तानसमेत रहेका डोनारुमाले क्लबसँगको सम्झौता नवीकरण नगरेपछि उनको स्थानमा मिलान माइगेनलाई अनुबन्धन गरेको हो। डोनारुमाको सम्झौता जुनमा सकिँदै छ।

२५ वर्षीय मेग्रेनले मिलानसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२६सम्म मिलानमा रहेन छन्।

यो सिजन उनले लिलेलाई च्याम्पियन बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी लिग वानका गेल्डेन ग्लोब्स विजेता किपर पनि हुन् ।

उनी सन् २०१५मा पिएसजीबाट १ मिलियनमा लिले गएका थिए । त्यसयता उनले लिललेबाट १८० खेल खेलेका छन् । माइगेनले गत अक्टोबरमा भएको युक्रेनविरुद्धको मैत्रीपूर्ण खेलमार्फत फ्रेन्च टिममा डेब्यू गरेका थिए।

Facebook Comments Box