शीर्ष स्थानको एसी मिलान घरमै रोकियो

Read Time:1 Minute

लिग लिडर एसी मिलान घरेलु मैदानमै बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा मिलानले बोलोग्नामाथि दबाब बनाए पनि गोल भने गर्न सकेन । खेलमा मिलानले ५६ प्रतिशत बल पोजेसन बनाउँदै ३३ सट प्रहार गरेकोमा ७ सट फ्रेममा थियो । यता, बोलोग्नाले ८ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

बरारबीसँगै मिलानले शीर्षस्थानमा एक अंकको अग्रता लिएको छ। उसको ३१ खेलबाट ६७ अंक छ भने समान खेलबाट नेपोलीको ६६ छ। एक खेल कम खेलेको इन्टर मिलानको ६३ अंकका साथ तेस्रो स्थानमा छ। बोलोग्ना ३४ अंकका साथ १२औं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सिनियर खेलाडी सम्मिलित जिम्बाबेको ए टिम नेपाल आउने
Next post क्रिस्टल प्यालेससँग आर्सनलको लज्जास्पद हार
Close