लिग वानमा पिएसजीको पुनरागमन जित, डेब्यूमै हाकिमीले गरे गोल

Read Time:1 मिनेट

फ्रेन्च क्लब पिएसजीले लिग वानमा विजयी सुरुआत गरेको छ। शनिबार राति भएको खेलमा ट्रोएसमाथि २–१को पुनरागमन जित निकाल्दै पिएसजीले लिग वनमा विजयी सुरुआत गरेको हो।

ट्रोएसकै मैदानमा पिएसजीलाई जित दिलाउन माउरो इकार्डी र अच्रफ हाकिमीले गोल गरे गरे भने ट्रोएसका ओएलिड एल हाजिमले गोल गरेका थिए।

खेलमा तीनै गोल सुरुआती २१ मिनेट भित्र सम्भव भएको थियो, त्यसमा पनि १२ मिनेटको अवधिमा तीनै गोल भएको थियो। ९ नवौं मिनेटमा हाजिमको गोलमा ट्रोएसले सुरुआती अग्रता लियो।

त्यसपछि १९औं मिनेटमा हाकिमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले आन्द्रेस हरेराको पासमा गोल गरेका थिए । २२ वर्षीय डिफेन्डर हाकिमीले लिन वानमा डेब्यू खेलमै गोल गर्न सफल रहे । उनी यसैसिजन इन्टर मिलानबाट पिएसजी आएका हुनु।

यस्तै, २१औं मिनेटमा इकार्डीले गोल गदै पिएसजीलाई खेलमा अग्रता दिलाए । उनले किलियन एम्बाप्पको पासमा गोल गरेका थिए। त्यसपछि खेलमा गोल नहुँदा पिएसजी विजयी भयो।

शुक्रबारबाट लिग वानकै अर्को खेलमा लियोन बराबरीमा रोकिएको छ । लियोनलाई ब्रेस्टले १–१ गोलको बराबरीमा रोकेको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसीले बार्सिलोनाबाट कति ट्रफी र अवार्ड जिते?
Next post किपचोगेले जिते म्याराथनमा स्वर्ण
Close