बार्सिलोना फर्किए ट्राओरे

Read Time:1 Minute

प्रिमियर लिग क्लब वुल्भ्सका विंगर एडमा ट्राओरे बार्सिलोना फर्किएका छन् । बार्सिलोनाकै एकेडेमी लामासियाका उत्पादत ट्राओरे ७ वर्षपछि बार्सिलोना फर्किएका हुन्।

बार्सिलोनाले २६ वर्षीय ट्राओरेलाई लोनमा अनुबन्धन गरेको छ। सिजनको अन्त्यमासम्म ट्राओरेले बार्सिलोनाका लागि खेल्ने छन् । वुल्भ्सले समर ट्रान्सफरमा ट्राओरेलाई अनुबन्धन गर्ने अवसर बार्सिलोनालाई दिएको छ ।

सन् २०१३ देखि २०१५ सम्म बार्सिलोनाको सिनियर टिममा रहे पनि पर्याप्त अवसर नपाएपछि उनी सन् २०१५मै बार्सिलोना छाड्दै एस्टन भिल्ला पुगेका थिए । बार्सिलोनामा उनले ४ खेल खेल्दै १ गोल गरेका थिए।

भिल्लाका एक सिजन बिताउँदै उनी मिडल्सवर्ग पुगेका थिए । त्यहाँ दुई सिजन बिताएपछि उनी सन् २०१८मा वुल्भ्समा आबद्ध भएका थिए । वुल्भ्समा उनले १५४ खेल खेल्दै ११ गोल गरेका छन् ।

यसअघि प्रिमियर लिगकै क्लब टोटेनहमले पनि ट्राओरेलाई अनुबन्धको प्रयास गरे पनि उक्त प्रस्ताव अस्वीकार भएको बेलायती सञ्चारमाध्यमले जनाएको छ ।

विंन्टर ट्रान्सफर विन्डोमा बार्सिलोनाले साइन गरेका ट्राओरे तेस्रो खेलाडी हुन् । यसअघि ब्राजिलियन भेट्रान डिफेन्डर डानी अल्भेस र म्यान्चेस्टर सिटीका विंगर फेरान टोरेसलाई अनुबन्धन गरेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यामरुन र बुर्किनाफासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा
Next post लुइस डियाज भित्र्याउँदै लिभरपुल
Close