
कोरियालाई हराउँदै चीनले जित्यो एसिया कप उपाधि
Read Time:1 मिनेट
एसिया कप महिला फुटबलको उपाधि चीनले जितेको छ । आइतबार भएको फाइनलमा दक्षिण कोरियाविरुद्ध २ गोलले पछि परेको अवस्था उल्टाउँदै चीनले उपाधि जितेको हो।
भारतको डीवाई पाटिल स्टेडियममा भएको फाइनलमा चीनले कोरियामाथि ३–२को जित निकालेको हो। यो चीनका एसिया कप महिला फुटबलको नवौं उपाधि हो।
२७ औं मिनेटमा चोई युरीको गोलमा खेलमा दक्षिण कोरियाले सुरुआती अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा जी सो युनले पेनाल्टीमा गोल गर्दै दक्षिण कोरियाको अग्रता दोब्बर बनाइन् ।
पहिलो हाफमा २–०ले पछि परेको चीनले दोस्रो उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचाल्यो । ६८औं मिनेटमा जियाली ताङले गोल गर्दै चीनलाई खेलमा फर्काइन् । ७२ औं मिनेटमा लिनयान झाङले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याइन्।
बराबरी तर्फ उन्मूख खेलको इन्जुरी समयमा युजीले गोल गर्दै चीनलाई ३–२ को जितसहित उपाधि दिलाइन्।