कोरोनाका कारण लगातार दोस्रो वर्ष रद्द भयो एएफसी अवार्ड

कोरोना भाइरसको महामारीका कराण लागतार दोस्रो वर्ष एसियन फुटबल फेडेरेसन (एएफसी)ले आयोजना गर्न एएफसी अवर्डा रद्द भएको छ। कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ एएफसीले कोरोनाका कारण रद्द गरेको हो।

कोरोनाकै कारण सन् २०२० को एएफसी अवार्ड पनि रद्द गरिएको थियो। अब अर्को संस्करणको अवार्ड कतारको दोहामै गरिने एएफसीले जनाएको छ ।

एएफसीको सोमबार बसेको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ ।

Facebook Comments Box