एएफसी च्याम्पियन्स लिगको ड्र सार्वजनिक

एएफसी च्याम्पियन्स लिग २०१९ फुटबल प्रतियोगिताको ड्र सार्वजनिक भएको छ । एएफसीले बिहिबार मलेसियाको क्वालालाम्पुरमा एक कार्यक्रम आयोजना गर्दै एएफसी च्याम्पियन्स लिगको समूह चरणको ’ड्र’ सार्वजनिक गरेको हो ।

एसियन फुटबल फेडेरेसनको आयोजना हुने एएफसी च्याम्पियन्स लिग ५ फेब्रअरीदेखि २४ नोभेम्बरसम्म हुने छ । सार्वजनिक गरेको ड्र अनुसार नेपालको ’ए’ डिभिजन लिग विजेता क्लब समूह ’इ’ मा परेको छ ।

समूह इमा नेपालको क्लबसँगै भारत, बंगलादेश र प्ले अफबाट आउने अर्को एक क्लब रहने छन् । भारतबाट मिनेर्भा पन्जाबले खेल्ने तय भएको छ भने बाँकी टोलीको टुंगो लागेको छैन ।

एएफसीले ३६ राष्ट्रका लिग विजेता क्लबलाई ९ समूहमा विभाजन गरेर समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP