एएफसी कपको पहिलो खेल आर्मीले श्रीलंका पुलिससँग खेल्ने, खेल हेर्न आधा दर्शकलाई मात्र अनुमति

एएफसी कप २०२१ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिससँग खेल्दै छ । एएफसी कपको प्ले अफमा चैत २५ गते आर्मीले दशरथ रंगशालामा श्रीलंका पुलिस एफसीसँग खेल्दै छ।

गत सिजनको ए डिभिजन लिग जिते पनि एएफसी क्लबले लाइसेन्स प्राप्त गर्न मछिन्द्र क्लब असफल भएपछि आर्मीले एएफसी कप खेल्ने अवसर पाएको हो । एएफसीको क्लब लाइसेनिङ प्राप्त गर्ने आर्मी एक्लो नेपाली टिम हो ।

एएफसी कपको समूह चरणका पुग्न आर्मीले प्लेअफका खेलहरू खेल्नुपर्ने हुन्छ । प्लेअफ नकआउटका आधारमा हुनेछ ।

आर्मीले श्रीलंका पुलिसलाई पराजित गरेमा अर्को खेल भारतको बेंगलुरुसँग खेल्नेछ । त्यसपछि अर्को एउटा प्लेअफ फाइनल हुनेछ । बेंगलुरुलाई पनि जितेछ भने आर्मीले प्लेअफ फाइनल खेल्न पाउनेछ ।

फाइनल खेल जिते मात्र समूह चरणका लागि छनोट हुनेछ । समूह डीमा दक्षिण एसियाली देशकै क्लबहरू छन् । जसमा भारतको एटिके मोहन बगान, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन् ।

नवीन न्यौपानेको प्रशिक्षणमा रहेको आर्मीले प्रतियोगिताका लागि घानाका तीन खेलाडीलाई अनुबन्ध गरेको छ।

रंगशाला आउन आधा दर्शकलाई अनुमति, टिकट ३ र ५ सय

त्रिभुनव आर्मी र श्रीलंका पुलिसबीचको खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालाको क्षमताभन्दा आधा दर्शक मात्र उपस्थितिका लािग अनुमति दिएको छ। कोरानो महामारी र एएफसीको नियमका कारण १५ हजार दर्शक क्षमता भएपनि एन्फाले आधा दर्शकलाई मात्र रंगशाला प्रवेश अनुमति दिएको हो।

चैत २५ गते साँझ साढे ५ बजे हुने खेलका लागि टिकको मूल्य साधारण प्यारापिटतर्फ ३ सय र भिआइपिए प्यारापिटतर्फको ५ सय रुपौयँ तोकिएको जनाइएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.