एसियन कप फुटसलका लागि नेपाली टिमको प्रारम्भिक छनोट, प्रशिक्षण शुक्रबारबाट

Read Time:2 Minute

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षण शुक्रबारबाट सुरु हुने जनाएको छ । एएफसी फुटसल एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण सुरु गर्न लागेको हो ।

एन्फाका अनुसार टोलीले सुरुको ४ दिन काठमाडौंमा प्रशिक्षण गर्ने र त्यसपछिको प्रशिक्षण पोखरामा गर्नेछ । मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरिसकेका छन् ।

किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुने एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । सेन्ट्रल र साउथ जोनअन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालको खेल अप्रिल १० देखि १२ सम्म रहेको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिब तामाङ, सुमित कुमार आले, अरुज सिंह, विजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ, अविनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ, आदील हमाद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मणि कुमार लामा, मनोज गुरुङ, रञ्‍जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लिड्सको पोस्टमा लिभरपुलको गोलको वर्षा, सिटीसँगको दुरी ३ अंमा झर्‍यो
Next post एसियन कप छनोट स् जोर्डन, कुवेत र इन्डोनेसियासँगै नेपाल समूह एमा
Close