एएफसी कप छनाेटमा मछिन्द्रको प्रतिस्पर्धी श्रीलंकाको ब्लु स्टार

SHARE TO:
Read Time:1 Minute

एसियन फुटबल महासंघ (एएफसी)ले एएफसी कप छनोटको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार मछिन्द्रले पहिलो प्रतिद्वन्द्वीका रुपमा श्रीलंकाको ब्लु स्टार क्लबसलाई पाएको छ।

मछिन्द्र र ब्लु स्टारबीचको खेल अप्रिल ५ मा हुनेछ। यो जितेमा मछिन्द्रले दोस्रो चरणमा आई लिग क्लब मोहन बगानको सामाना गर्ने छ। यो खेल अप्रिल १२मा हुनेछ।

एएफसी कपको दक्षिण एसियाली छनोटमा ६ टिम सहभागी छन्। जसमा नेपालको मछिन्द्रसँगै श्रीलंकाको ब्लु स्टार, भारतको मोहन बगान, भुटानको पारो एफसी, माल्दिभ्सको क्लब भ्यालेसिन्या र बंगलादेशको अवानी लिमिटेड छन्।

लिग ढिला सुरु भएपछि एन्फाले सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने नियम बनाएको थियो। सोहीअनुसार मछिन्द्रले एएफसी कप छनोट खेल्ने मौका पाएको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post फुटबल विकासका लागि एन्फाले गर्‍यो साउदी अरेबियासँग
Next post दर्शन चम्किँदा जवलाखेलमाथि एनआरटीको जित
Close