सातौं चरणपछि शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने

Read Time:1 Minute

जारी सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणपछि शीर्ष स्थान रहने टिमले एएफसी कप छनोट खेल्ने भएका छन्। चौथो चरणको चलिरहेको अवस्थामा अब तीन चरण सकिएपछि एएफसी कप खेल्ने टिमको छनोट हुनेछ ।

ए डिभिजन लिग ढिला सुरु भएकाले लिगको बीचमै एफएफ कप छनोटका लागि टिम छनोट गर्न लागिएको एन्फाले जनाएको छ। त्यसमा एएफसीको क्लब लाइसेन्स पाएका चार क्लब मध्ये एक हुने छन्।

एएफसी कप २०२२ का लागि नेपालबाट चार क्लबले मात्र क्लब लाइसेन्स प्राप्त गरेको छ । जसमा एएफसीको क्लब लाइसेन्स पाएका त्रिभुवन आर्मी क्बल, मनाङ मर्स्याङ्दी, एपिएफ र मछिन्द्र क्लबमध्य् एक टिमले एएफसी कप खेल्ने छ।

अघिल्लो सिजन लिग जिते पनि मछिन्द्रले एएफसी कप छनोट खेल्ने पाएन। उसको स्थानमा एएफसी लाइलेन्स प्राप्त एकमात्र टिम त्रिभुवन आर्मी क्बले एएफसी कप खेलेको थियो।

२०२२ को एएफसी कप छनोट आगामी अप्रिलमा हुने तालिका रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मनाङले लिगका तीन खेल घरेलु मैदान पोखरामा खेल्ने
Next post हाफिज र दिनेश राजवंशीको गोलमा मनाङले फ्रेन्ड्सलाई हरायो
Close