महिला एसिया कप छनोटको ड्र सार्वजनिक, नेपालले फिलिपिन्स हङकङसँग खेल्ने

एएफसीले महिला एसिया कपको छनोटको ड्र सर्वाजनिक गरेको छ । एएफसीले बिहीबार सर्वाजनिक गरेको ड्रमा नेपाल फिलिपिन्स र हङकङसँगै समूह एफमा परेको छ।

एएफसीले बिहीबार मलेसियामा भर्चुअल कार्यक्रम गर्दै महिला एसिया कप छनोटको तालिका सार्वजनिक गरेको हो। महिला एसिया कप छनोटमा २८ देश सहभागी छन् । यी देशलाई ८ समूहमा विभाजन गरिएको छ, जसमा ४ समूहमा ४ टिम छन् र ४ समूममा ३ टिम छन् ।

प्रत्येक समूहका शीर्ष टिमले भारतमा अर्को वर्ष आयोजना हुने महिला एसिया कपमा सहभागीता जनाउने छन् । जसमा छनोटबाट आएका ८, अघिल्लो संस्करणका शीर्ष तीन टिम चीन, अस्ट्रेलिया र जापान तथा आयोजक भारत गरी १२ टिम सहभागी हुने छन् ।

२०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ । छनोट खेलहरू अगामी सेप्टेम्बरमा १३ देखि २५ सम्म आयोजना हुने छ। समूह एफको खेल नेपालले नै आयोजना गर्ने छ।

भारतको तीन शहरमा हुने प्रतियोगितामा कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले तीन पटक एसिया कप खेलिसकेको छ । नेपालले सन् १९८६, १९८९ र १९९९ महिला एसिया कप खेलेको छ।

Facebook Comments Box