
ट्युनिसिया र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा
Read Time:1 Minute
ट्युनिसिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा जारी प्रतियोगिताअन्तर्गत आइतबार राति भएको खेलमा तीन पटकको विजेता नाइजेरियालाई १–० ले हराउँदै ट्युनिसिया अन्तिम ८मा प्रवेश गरेको हो।
ट्युनियसियालाई जित दिलाउन युसु एमसाकनीले निर्णायक गोल गरे । उनले खेलको ४७औं मिनेटमा गोल गरेका थिए ।
खेलको ६६ औं मिनेटमा एलेक्स इवोबीले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा समेटिएको थियो ।
सन् २००४ को च्याम्पियन ट्युनिसियाले अब क्वाटरफाइनलमा बुर्किना फासोसँग खेल्नेछ । अर्को प्रिक्वाटरफाइनलमा बुर्किना फासोले गाबोनलाई पेनाल्टी सुटआउटमा हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि सुटबउटमा बुर्किना फासोले गाबोनलाई ७–६ ले पराजित गरेको हो ।