अफ्रिका नेसन्स कप : सलाह र मानेकाे उपाधि भीडन्त

Read Time:1 Minute

क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको फाइनल समीकरण पुरा भएको छ। आइतबार हुने उपाधि भीडन्तमा सेनेगल र इजिप्ट भिड्ने छन्।

यो फाइनललाई टिममेट ‘सलाह भर्सेस माने’का रुपमा पनि हेरिहएको छ। मोहम्मद सलाहले सर्वाधिक ८ पटकको विजेता इजिप्टको नेतृत्व गरिरहेका छन् भने पहिलो उपाधिको खोजीमा रहेको सेनेगलको नेतृत्व साडियो मानेले गरिरहेकाछन्।

दुवै व्यवसायिक फुटबल एउटै टिमबाट खेल्छन् । दुवैले इंग्लिस क्लब लिभरपुलका लागि केही सिजन यता उत्कृष्ट प्रर्दशन गरिरहेका छन्। र, टिमलाई उपाधि पनि दिलाएका छन् । दुवै राष्ट्रिय टिमका लागि भने दुवै उपाधिबिहीन छन्।

इजिप्ट पेनाल्टी सुटआउटमा आयोजक क्यामरुनलाई अराउँदै नवौं उपाधि नजिक पुगेको हो भने लगातार दोस्रो पटक फाइनल पुग्ने क्रममा सेनेगलले बुर्किना फासोमाथि ३–१को जित निकालेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एसियन सेन्ट्रल जोन भलिबल उपाधि विजेता महिला टिम सम्मानित
Next post कुशल प्रशिक्षण गरेको भन्दै प्रधानमन्त्रीले दिए अलमुइरीलाई बधाई
Close