अफ्रिकन कफ अफ नेसन्स : सलाहको इजिप्ट पराजित र महारेजको अल्जेरिया रोकियो

कोरोना महामारी बीच क्यामरुनमा जारी अफ्रिकन कप अफ नेसन्समा उपाधि दाबेदार मानिएका दुई टिम इजिप्ट र अल्जेरियाले खराब सुरुआत गरेका छन्। मंगलबार राति भएको खेलमा प्रतियोगिताको सर्वाधिक सफल टिम इजिप्ट पराजित हुँदा डिफेन्डिङ च्याम्पियन अज्जेरिया बराबरीमा रोकिएको छ।

बुधबार राति भएको खेलमा लिभरपुल स्टार मोहम्मद सलाहको टिम इजिप्ट नाइजेरियासँग १–०ले पराजित भयो । खेलमा इजिप्टविरुद्ध नाइजेरियालाई जित दिलाउन लेस्टर सिटीका स्टार केलिची इहानाचोले निर्णायक गोल गरे। उनले खेलको ३८औं मिनेटमा गोल गरेका थिए।

खेलमा इजिप्टले बल पोजेसन राम्रो बनाएको थियो, तर उसले पायाप्त अक्रमण गर्न भने सकेन । उसले ५७ प्रतिशत बल पोजेसन बनाउँदै ४ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो। यता, नाइजेरियाले १५ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो।

यसैगरी मंगलबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीका स्टार रियाद महारेजको नेतृत्वमा रहेको डिफेन्डिङ च्याम्पियन अल्जेरिया सियरा लियोनसँग गोलरहित बरारबीमा रोकियो ।

सियरा लियोनलाई अधिकांश समय दबाबमा राखे पनि अल्जेरिया गोल गर्न असफल भयो । उसले ६७ प्रतिशत बल पोजेसन बनाउँदै १९ सट प्रहार गर्दा ८ सट फ्रेममा थियो । यता, सियरा लियोनले ९ सट प्रहार गर्दा एक सट मात्र फ्रेममा थियो।

Facebook Comments Box