कोराना महामरीबीच आजबाट सुरु हुँदै अफ्रिकन कप अफ नेसन्स

Read Time:1 Minute

अफ्रिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अफ्रिकन कप अफ नेसन्स आजबाट सुरु हुँदैछ । यो सन् २०२२ को पहिलो ठूलो फुटबल प्रतियोगिता हुनेछ ।

क्यामरुनमा हुने प्रतियोगितको उद्घाटन खेलमा घरेलु टोली क्यामरुनले बुर्किना फासोसँग खेल्ने छ। सन् २०२१ मै हुनेपर्ने प्रतियोगिता कोरोना महामारीका कारण पछि सरेको हो।

कोरोनाको नयाँ भेरियन्ट फैलिए पनि प्रतियोगिता हुन लागेकाले त्यसको आलोचना पनि भएको छ।

प्रतियोगितामा २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । समूह चरणका खेलहरुपछि प्रत्येक समूहका शीर्ष दुई टिम सिधै अन्तिम १६ मा छनोट हुनेछन् । यस्तै तेस्रो हुनेमध्ये चार टिमले पनि नकआउटमा स्थान बनाउनेछ ।

साविक विजेता अल्जेरिया अहिले राम्रो लयमा छ । उसलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । म्यानचेष्टर सिटीका विंगर रियाद महारेजको नेतृत्वमा अल्जेरिया ३४ खेलसम्म अपराजित छ ।

यस्तै साडियो मानेको टिम सेनेगललाई पनि उपाधिको दाबेदारका रुपमा हेरिएकाृे छ । अफ्रिकाको शीर्ष वरियताको टिम हो । यस्तै, मोहम्मद सलाहको नेतृत्वमा रहेको कीर्तिमानी ७ पटकको च्याम्पियन इजिप्ट अर्को दाबेदार हो । यस्तै, घाना नाइजेरिया र आयोजक क्यामरुनलाई पनि दाबेदारका रुपमा हेरिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सिद्धान्त लोहनीको कप्तानीमा पिएम कपका लागि प्रदेश १को टिम घोषणा
Next post राजु रिजाललाई समेट्दै पिएम कपका लागि सुदूरपश्चिमको टिम घोषणा
Close