अफ्रिकन कप अफ नेसन्स : सेनेगल, मोरोक्को र गाबोन विजयी

Read Time:1 मिनेट

अफ्रिका महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अफ्रिकन कप अफ नेसन्समा सेनेगल, मोरोक्को र गाबोन विजयी भएका छन् । सोमबार राति भएको खेलमा सेनेगलले जिम्बाबे, मोरक्कोले घाना र गाबोनले कोमोरसलाई समान १–०ले हराए।

निकै प्रतिस्पर्धात्मक खेलमा सेनेगललाई जित दिलाउन लिभरपुलका स्टार साडियो मानेले गोल गरे। उनले दोस्रो हाफको इनजुरी समयको सातौं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए।

घानाविरुद्ध मोरोनालार्य जित दिलाउन ८३औं मिनेटमा सोफियन बोउफलले निर्णायक गोल गरे। यता, कोमोरसविरुद्ध गाबोनलाई जित दिलाउन आरोन बोउपेन्डाजले १६औं मिनेटमा गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत मंगलबार डिफेन्डिङ च्याम्पियन अल्जेरियाले सिरा लियोन, इजिप्टले नाइजेरिया तथा सुडानले गुयना बिसाउसँग खेल्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post न्युजिल्यान्डका अजाज पटेल बने आईसिसीको डिसेम्बरका उत्कृष्ट क्रिकेटर
Next post विभागीय डर्बीमा आर्मीविरुद्ध पुलिसको शान
Close