नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल एक्सन स्पोर्ट्समा हेर्न सकिने

नेपाल र बंगलादेशको राष्ट्रिय महिला फुटबल टिमबीचको मैत्रीपूर्ण खेल एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। प्रत्यक्ष प्रशारणका लागि एन्फाले बिहीबारमात्र डिस मिडिया नेटवर्टको एक्सन स्पोर्ट्ससँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डिस मिडिया अन्तर्गत ओईपीएलका अध्यक्ष दयाराम पाण्डेले हस्ताक्षर गरे। एन्फा र एक्सन स्पोर्ट्सले विज्ञापनवापतको रकम आधा आधा बाँड्ने सहमति गरेका छन्। सम्झौतासँगै नेपाल र बंगलादेशबीचको दुई मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुने छ।

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण आज साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल आइतबा हुनेछ । एएफसी महिला एसियन कप छनोटको तयारीका लागि नेपालल्े बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Facebook Comments Box