इपिएलको अन्तिम खेलमा अगुएरोले गरे २ गोल, सिटीको सादनर जित

कीर्तिमान स्ट्राइरक सर्जियो अगुएरोले म्यान्चेस्टर सिटी इंग्लिस प्रियिमर लिगमा आइतबार अन्तिम खेले । लिगको अन्तिम खेलमा एभर्टनविरुद्ध दोस्रो हाफमा मैदान छिर्दै २ गोल गर्दै अगुएरोले प्रियिमर लिग यात्रालाई सुखद् अन्त्य गरेका छन् ।

३२ वर्षीय अगुएरो सिजनको अन्त्यसँगै सिटी छाड्दै छन् । उनी फ्रि ट्रान्सफरमा स्पेनिस क्लब बार्सिलोना जाने पक्का छ । चेल्सीविरुद्धको च्याम्पियन्स लिग फाइनलमा अगुएरो अन्तिम पटक सिटीको जर्सीमा देखिने छन् । त्यसपछि उनी क्याम्प नेउ लाग्ने छन्।

सन् २०११ मा एट्लेटिको मड्रिडबाट सिटी आएका अगुएरोले सिटीका अलटाइम टप स्कोरर हुन् । उनले सिटीमा १० सिजन बिताउँदा ३९८ खेल खेल्दै २६० गोल गरेका छन्। उनले सिटीबाट ३ प्रियिमर लिग ५ प्रिमियर लिग, ६ कारबाओ कप, ३ कम्युनिटी सिल्ड र १ एफए कप गरी १५ उपाधि जितेका छन्।

चेल्सीविरुद्धको च्याम्पियन्स फाइनल जिते अगुएरोले सिटीबाट सबै उपाधि जित्ने छन्। यो सिजन घाइते भएपछि उनले कमै मात्र अवसर पाए । उनले यो सिजन सबै प्रतियोगितामा गरी १९ खेलमा ६ गोल गरेका छन्।

अगुएरोको २ गोलमा एभर्टनविरुद्ध सिटीको सनदार जित

अगुएरोले दोस्रो हाफमा मैदन प्रवेश गर्दै २ गोल गरेपछि लिग च्याम्पियन सिटीले लिगको अन्तिम खेलमा सानदार जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा तीन खेलअघि नै च्याम्पियन बनेको सिटीले एभर्टनमाथि ५–०को जित निकाल्यो।

सिटीको जितमा अगुएरोको अलावा केभिन डे ब्रुयन, ग्याब्रिअल जेसुस र फिल फोडेनले पनि गोल गरे। सिटीले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो ।

डे ब्रयनले ११औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । १४ मिनेटमा जेसुसले गोल गर्दै अग्रता दोब्बर बनाए । ३६औं एभर्टनले खेलमा फर्किने अवसर गुमायो । गिल्फी सिगुर्सनले प्रहार गरेको पेनाल्टी इडर्सनले बचाए । ५३आ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–०को अग्रता दिलाए।

६५औं मिनेटमा सब्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका अगुएरोले ५ मिनेट अन्तरमा २ गोल गर्दै सिटीलाई ५–०को जित दिलाए । उनले ७१ र ७६औं मिनेटमा फर्नाडिन्होको पासमा गोल गरेका थिए। यी दुई गोल गर्दै अगुएरो प्रियिमर लिगमा एउटै क्लबबाट सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए । सिटीका लागि १८ गोल गरेका अगुएरोले वायन रुनीको रोकर्ड तोडेका हुन् । रुनीले म्यान्चेस्टर युनाइटेडका लागि १८३ गोल गरेका थिए।

Facebook Comments Box