चेल्सी क्लब विश्वकपको फाइनलमा, पाल्मिरससँग खेल्ने

SHARE TO:
Read Time:1 Minute

च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सी क्लब विश्वपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा साउदी अरेबियाको क्लब अल हिलाललाई १(०ले हराउँदै चेल्सी फाइनलमा पुगेको हो।

अबुधाबीस्थित मोहम्मद बिन जायद रंगशालामा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे। उनले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरे थिए।

खेलमा चेल्सीले ५४ प्रतिशत बल पोजेसन बनाउँदै १५ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो । यत, अल हिलालले १२ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।

अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरससँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरेस इजिप्टको क्लब अल आहीलाई २(०ले हराउँदै फाइनल पुगेको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post इन्डोर कर्पोरेट क्रिकेट लिग फागुन १८ देखि
Next post शीर्ष स्थानमा सिटीलाई १२ अंकको अग्रता
Close