रामाेसकाे लेजेन्डरी ४ नम्बरको जर्सी डेविड अलबाले लगाउने

स्पेनिस क्लब रियल मड्रिडको लेजेन्डरी ४ नम्बरको जर्सी अस्ट्रियन डिफेन्डर डेविड अलबाले लगाउने भएका छन्। यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट रियल आएका अल्बाले १६ वर्ष पूर्वकप्तान सर्जियो रामोसले लगाएको लेजेन्डरी ४ नम्बरको जर्सी लगाउने भएका हुन्।

सर्जियो रामोस रियल छाड्दै पिएसजी लागेपछि खाली रहेको रियल लेजेन्डरी ४ नम्बरको जर्सी रियलले डेविड अलबालाई दिएको छ । २९ वर्षीय अलबा फ्रि टान्सफरमा बायर्नबाट रियल आएका हुन्।

रियलले बुधबार अलबा ४ नम्बरको लेजेन्डरी जर्सीसँगै सर्वाजनिक गरेको छ। ४ नम्बरको जर्सीसँगै सार्वजनिक भएपछि अलबाले रियल मड्रिडको सेतो जर्सी लगाउन पाउँदा आफू निकै खुसी भएको बताएका छन् । उनले रियललाई सफलता दिलाउन कडा मेहनत गर्ने पनि बताए।

‘आज म एकदमै खुसी छु, रियलको सेतो जर्सी लगाउनु सबैको समपना हुन्छ, मेरो पनि थियो । त्यो आज पुरा भएको छ’ उनले भने, ‘त्यसमाथि पनि लिजेन्डरी जर्सी पाएको छु, यसले उत्साहतसँगै जिम्मेवारी पनि थपेको महसुस गरेको छु।’

अलबाले रियलमा अब आफूले ४ नम्बर जर्सी लगाए पनि पूर्वकप्तान सर्जियो रामोससँग आफ्नो तुलना गर्न नचाहेको बताएका छन्। ‘मलाई क्लबले नै यो जर्सी नम्बर दिएको हो। मैले यो विषयमा क्लब कुरा पनि गरेको थिएँ,’ अलबाले पत्रकार सम्मेलनमा भने, ‘मलाई क्लब र फ्यानका लागि यो नम्बरको मूल्य र महत्व थाहा छ। यो नम्बर शक्ति र लिडरसिपको प्रतिक हो। त्यसले मलाई राम्रो प्रदर्शन गर्न प्रेरित गरेको छ। म यो नम्बरको मान राख्न हरसम्भव प्रयास गर्नेछु।’

Facebook Comments Box