रोमाका फ्लोरेन्जी एसी मिलानमा

डिफेन्डर एलेसान्ड्रो फ्लोरेन्जी सिरि ए क्लब एसी मिलानमा आबद्ध भएका छन्। ३० वर्षीय राइट ब्याक फ्लोरेन्जी लोनमा रोमाबाट एसी मिलानमा आबद्ध भएका हुन्।

फ्लोरेन्जी एक सिजन एसी मिलानमा रहेन छन् । उनले पछिल्ला तीन सिजन लोनमा बिताएका छन् । अघिल्लो सिजन फ्रेन्च क्लब पिएसजी पुगेका फ्लोरेन्जीले त्यसअघि स्पेनिस क्लब भ्यालेन्सियाबाट खेलेका थिए।

सन् २०११मा रोमामा आबद्ध भएका फ्लोरेन्जीले २०८० खेल खेल्दै २८ गोल गरेका छन्। युरोकप विजेता इटालीको टिमको सदस्यसमेत रहेका फ्लोरेन्जीले ४२ खेल खेल्दै २ गोल गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post साफ च्याम्पियनसिपको तालिका परिवर्तन, १६ दिनसम्म चल्ने
Next post काठमाडौं तेक्वान्दोमा अशोक खड्का निर्विरोध
Close