सान्चेज चम्किँदा इन्टर विजयी

एलेक्सिस सान्चेज चम्किएपछि लिग लिडर इन्टर मिलान इटालियन सिरि एमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा सान्चेजले दुई गोल गरेपछि इन्टर मिलानले पार्मालाई २–१ ले हरायो ।

पार्मा मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। सान्चेजले ५४औं र ६२औं मिनेटमा गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए। पार्माका लागि हेर्नानीले ७१औं मिनेटमा एक गोल गरे पनि त्यसले उसको हार टार्न सकेन।

जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ । इन्टरको २५ खेलमा ५९ अंक भएको छ भने समान खेलमा एसी मिलानको ५३ अंक छ। २५ खेलबाट १५ अंक जोडेको पार्मा पुछारबाट दोस्रो स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.