इन्टर मिलानको फराकिलो जित

इटालियन सिरि एमा इन्टर मिलानले फराकिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा इन्टरले ब्रेस्कियामाथि ६–०को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमै एस्ले योङले गोल गर्दै अग्रता दिलाएका थिए । २०औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाटीमा गोल गर्दै अग्रता दोब्बर पारे । ड्यानिलो डि एम्ब्रेसिओले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै इन्टरलाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि इन्टरले तीन गोल नै गर्‍यो । रोवर्टो गाग्लिएर्डिनीले ५२औं, क्रिस्टियन एरिक्सनले ८३औं र एन्टोनिओ कान्ड्रेभाले ८८औं मिनेटमा गोल गरे ।

जितपछि इन्टरले २९ खेलबाट ६४ अंक जोडेको छ । इन्टर अझै शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ । यसैगरी बुधबार राति नै भएको खेलमा एसी मिलान भने स्पालसँग २–२ को बराबरीमा रोकिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.