इन्टरसँग घरमै हार्‍यो लिभरपुल, तर पनि क्वार्टरफाइनलमा

Read Time:1 Minute

च्याम्पिन्स लिगको अन्तिम १६का दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुल पराजित भएको छ। तर, हारका बाबजुद पनि पहिलो लेगमा प्राप्त जितका आधारमा उ क्वार्टरफाइनलमा भने पुगेको छ।

मंगलबार घरेलु मैदा एन्डफिल्डमा भएको खेलमा लिभरपुल इटालियन क्लब इन्टर मिलानसँग १–०ले पराजित भयो । त्यो हारलाई क्वार्टरफाइनल पुग्नबाट रोक्न भने सकेन । पहिलो लेगमा २–०को जित निकालेकाले लिभरपुल समग्रमा २–१को जितसहित क्वार्टरफाइनल पुग्यो।

प्रतिस्पर्धात्मक खेलमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई जित दिलाए । मार्टिनेजले खेलको ६२औं मिनेटमा एलेक्सिस साञ्चेजको पासमा गोल गरेका थिए।

खेलको ६३औं मिनेटमा साञ्चेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिका थिए। यसको फाइदा लिभरपुलले उठाउन सकेन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लेवन्डोस्कीको ह्याट्रिकमा बायर्न क्वार्टरफाइलनमा
Next post आईसिसी प्लेयर अफ दी मन्थको नोमिनेशनमा दीपेन्द्र
Close