गोलकिपर एलिसनको गोलमा लिभरपुल विजयी, च्याम्पियन्स लिग आशा कायमै

गोलकिपर एलिसन इन्जुरी समयमा गरेको निर्णायक गोल मद्दतमा इंग्लिस प्रियिमर लिगमा लिभरपुल विजयी भएको छ। आइतबार राति भएको खेलमा एलिसनको निर्णायक गोल मद्दतमा लिभरपुलले वेष्टब्रोममाथि २–१ को पुनरागमन जित हात पारेको छ।

यो जितसँगै आगामी सिजन चम्पियन्स लिग खेल्ने सम्भावना कायमै रहेको छ। लिगका दुई चरणका खेल बाँकी छँदा लिभरपुल ६३ अंकका साथ पाँचौं स्थानमा छ, र चौथो स्थानको चेल्सीभन्दा १ अंकले मात्र पछि छ ।

घरेलु मैदान हल रोब्सन कानुले १५औं मिनेटमा गोल गर्दै वेस्टब्रुमलाई लिभरपुललाई अग्रता दिलाएका थिए । तर ३३औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

इन्जुरी टाइमको पाँचौ मिनेटमा गोलकिपर एलिसन अघि बढेर ट्रेन्ट अलेक्जान्डर बर्नोल्डको कर्नरमा हेडर गोल गर्दै लिभरपुललाई जित दिलाए । उनी प्रिमियर लिगमा लिभरपुलका लागि गोल गर्ने पहिलो गोलकिपर समेत बनेका छन्।

Facebook Comments Box