एलिन्सन बने फिफाको उत्कृष्ट गोलकिपर

इंग्लिस क्लब लिभरपुलका ब्राजिलियन गोलकिपर एलिन्सन बेकर फिफाको उत्कृष्ट गोलकिपर बनेका छन् । सोमबार राति इटालीको मिलानमा भएको एक समारोहबीच एलिन्सनलाई सन् २०१९ को उत्कृष्ट गोलकिपर घोषणा गरियो ।

यसक्रममा एलिन्सनले ब्राजिलकै म्यान्चेटर सिटीका इडर्सन र बार्सिलोनाका जर्मन किपर मार्क आन्द्रे टेरस्टेगनलाई पछि पारे । अघिल्लो सिजभर एलिन्सनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी अघिल्लो सिजनका सबैभन्दा बढी क्लिनसिट राख्ने गोलकिपर हुन् ।

उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा लिभरपुलले च्याम्यिन्स लिग उपाधि जितेको थियो भने प्रिमियर लिगमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । लिभरपुल १ अंकले पछि पर्दै प्रिमियर लिग उपाधिबाट बञ्चित भएको थियो ।

यसैगरी एलिन्सनले कोपा अमेरिकामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्राजिललाई च्याम्पियन बनाउने क्रममा फाइलनमा मात्र गोल खाएका थिए । उनी कोपा अमेरिकाका पनि उत्कृष्ट गोलकिपर बनेका थिए । यस्तै, उनले प्रिमियर लिगको गोल्डेन ग्लोब जितेका थिए भने च्याम्पियन्स लिगको पनि उत्कृष्ट किपर बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP