खेलाडीको दुर्घटना बीमाका लागि एन्फाले मेडिसिटीसँग गर्‍यो सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको दुर्घटना बीमाका लागि मेडिसिटी अस्पतालसँग सम्झौता भएको छ। दशरथ रंगशालमा आइतबार एककार्यक्रबीच एन्फा र मेडिसिटीबीच दुर्घटना बीमासम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा एन्फा स्वास्थ्य समितिका प्रमुख निरोज खड्गी र मेडिसिटीका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका थिए। यसअघि एन्फाले दुर्घटना बीमका लागि प्रभु इन्स्योरेन्ससँग सम्झौता गरेको थियो। प्रभुले ढिका भुक्तानी गरेकाले एन्फाले मेडिसिटीसँग सम्झौता गरेको हो।

सम्झौतापछि राष्ट्रिय खेलाडी र ए डिभिजन खेल्ने खेलाडीको ५ लाखसम्मको दुर्घटना बीमा हुनेछ छ। यस्तै, बी र सी डिभिजन खेल्ने खेलाडीको ३ लाख तथा अन्य कर्मचारीहरुको लागि १ लाख ५० हजार रुपैयाँको बीमा हुनेछ । त्यसका लागि सबैले १ हजार पाँच सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.