काम गर्ने वातावरण नभएको भन्दै एन्फा होस्टल व्यवस्थापन समितिले दियो राजिनामा

अखिल नेपाल फुटबल संघ (एन्फा)को होस्टल व्यवस्थापन समितिले राजिनामा दिएको छ। एन्फा होस्टल व्यवस्थापन समितिले आफूहरुले काम गर्ने वातावरण नपाएको भन्दै मंगलबार राजिनामा दिएको हो।

एन्फा केन्द्रिय सदस्य दिनेश व्यञ्जकारको नेतृत्वमा रहेको तीन सदस्यीय होस्टल व्यवस्थापन समितिले संयुक्त राजिनामा एन्फ महासचिव इन्द्रमान तुलाधरलाई बुझाएको छ। होस्टल व्यवस्थापन समितिमा सहायक महासचिव अरुणमान जोशी र सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य थिए।

यो समितिलाई एन्फाले एन्फा एकेडेमी, खेल मैदान व्यवस्थापन, फ्लड लाइट, सोभिनियर सप निर्माणको समेत जिम्मा दिएको थियो । व्यञ्जनकार नेतृत्वको व्यवस्थापन समितिले यसअघि पनि राजिनामा दिएको थियो। गत मंसिरबाट पुनः समिति काममा फर्किएको थियो।

Facebook Comments Box