एट्लेटिको रोकिँदा भ्यालेन्सिया विजयी

एट्लेटिको मड्रिड मंगलबार राति भएको खेलमा सेल्टा भिगोसँग बरारबरीमा रोकिएको छ । स्पानिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको एट्लेटिकोलाई सेल्टाभिगोले १–१ गोलको बराबरीमा रोको हो ।

अल्भारो मोरोटाले पहिलो मिनेटमै गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । सेल्टाभिगोका लागि ४९औं मिनेटमा फ्रान बेल्ट्रानले बराबरी गोल फर्काए । खेलमा सेल्टाभिगोले बल पेजेसन राम्रो बनाएको थियो । दुवै टिमको पोस्टमा उलेख्य आक्रमण गर्न सकेका थिएनन् ।

बराबरीपछि एट्लेटिकोले चौथो स्थानको सेभियासँग अंक दूरी ५ मा पुर्‍याउने मौका गुमायो । ३५ खेलबाट एट्लेटिकोको ६३ अंक छ । एक खेल कम खेलेको सेभियाको ६० अंक छ । ३५ खेलबाट ३६ अंक जोडेको सेल्टा १५औं स्थामा उक्लेको छ ।

ला लिगाकै अर्को खेलमा भ्यालेन्सियाले रियल भालाडोलिडलाई २–१ ले पराजित गरेको छ । म्याक्सी गोमेज ३०औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा भिक्टोर गार्सियाले भालाडोलिडका लागि बराबरी गोल फर्काए । खेल सकिन एक मिनेट बाँकी छँदा कान इन लीले गोल गरेपछि भ्यालेन्सियाले जित हात पारेको हो ।

जितपछि ३४ खेलबाट ५० अंक जोड्दै भ्यालेन्सिया आठौं स्थानमा उक्लेको छ । समान खेलबाट ३० अंक रहेको भालाडोलिड १३औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP