एन्फा विवादमा बयान दिएर बन्द प्रशिक्षणमा सहभागी हुने पोखरा पुगे कप्तान किरण र प्रशिक्षक अल्मुताइरी

एन्फा विवादा समाधानका लागि गठन भएको छानविन समितिलाई बयान दिएर नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र कप्तान किरण चेम्जोङ पोखरा पुगेका छन् । छानविन समितिलाई बिहीबार बयान दिएका अल्मुताइरी र किरण शुक्रबार बन्द प्रशिक्षणमा सहभागी हुने पोखरा पुगेका हुन्।

अल्मुताइरी र किरणसँगै नेपाली राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय पनि सँगै पोखरा गएका हुन्।

प्रशिक्षक अल्मुताइरीले एन्फा वरिष्ठ उपाध्क्ष पंकजविक्रम नेम्वाङका कारण आफूले प्रशिक्षक पदबाट राजिनामा दिने भन्दै फेसबुकमा स्टाटस लेखेपछि एन्फामा विवाद चर्किएको भएको थियो। सो विवाद समाधानका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो । त्यसपछि मन्त्रालयले राखेपलाई एन्फा विवाद छानविन गर्न निर्देशन दिएको थियो।

छानविन समितिले प्रशिक्षक अल्मुताइरी, कप्तान किरण, वरिष्ठ उपाध्यक्ष नेम्वाङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्षद्धय वीरबहादुर खड्का, कृष्ण थापा, महासचिव इन्द्रमान तुलाधरलगायतसँग बयान लिइसकेको छ।

Facebook Comments Box