विवादको छानविन गर्न माग गर्दै प्रशिक्षक अलमुताइरीले एन्फामा दर्ता गराए निवेदन

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूलाई विवादमा तानिएको घटनाको छानविन गर्न माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा निवेदन दिएका छन् । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई संचारकर्मीसँगको विवादबारे निष्पक्ष छानविनको माग गर्दै बिहीबार एन्फमा निवेदन दर्ता गराएका हुन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार दिउँसो एन्फा कम्प्लेकसमार रहेका एन्फको कार्यायमा निवेदन दर्ता गराएको एन्फा प्रवक्ता किरणले राईले बताए । प्रवक्त राईले यी घटनाको छानविनको माग गदैै यसअघि नै सञ्चारकर्मी र एन्फा उपाध्यक्ष नेम्वाङले निवेदन दिइसकेको बताए ।

प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजालबाट एन्फा उपाध्यक्ष पंकज नेम्वाङका कारण आफूले राजीनामा दिनुपरेको बताएका थिए । अलमुताइरीले सो आरोप लगाएलगत्तै नेम्वाङले आफूमाथि षड्यन्त्र भएको भन्दै घटनाको छानविन गर्न माग गरेका थिए ।

यी विषयमा छलफल गर्न एन्फाको कार्य समितिको बैडक शुक्रबार बस्दैछ ।

Facebook Comments Box